skip this farak Kura Pravakar

रक्षाबन्धनमा नविर्सिने चोट : मोटरसाईकलमा फर्किदै गरेका दिदी–भाईले ज्यान गुमाए

669 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको निजगढ ९ का विकास साहको घरमा शनिबार रक्षाबन्धनको माहोल सुरु भईसकेको थियो ।
भोलिपल्टको रक्षाबन्धनको लागि फुपु दिदी सुनैनादेवी साह लिन विकास पर्सा डकेला बहुअरीकी पुगे । त्यहाँबाट घर फर्किदा राती भईसकेको थियो । घर आईपुग्न ५ किलो मिटर बाँकी थियो । निजगढ–पथलैया सडकखण्डमा पर्ने १६ किमिमा आईपुगेर उनी सवार मोटरसाईकल दुर्घटनामा प¥यो ।
राति करिब ९ः३० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका १६ स्थित टागियाबस्ती जाने बाटे नजिकै दुर्घटना प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ मोटरसाईकल जुध्दा घटनास्थलमै तीन जनाको मृत्यु भयो ।
दुर्घटनामा दिदी–भाई र जीतपुर—सिमरा उपमहा नगरपालिका १६ पैनीटोलका ४० वर्षिय टुलुराज तामाङ्गको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक शंकर चौधरीले जानकारी दिए । तामाङ्ग निजगढबाट पिलुवातर्फ गईरहेका थिए । दुर्घटनामा उनको मोटरसाइकल आगोलागि भई पुर्णरुपमा नष्ट भएको छ ।
सबैतिर रक्षाबन्धनको रमझम भईरहदाँ साहपरिवार शोकमा डुबेको छ ।

 

nijgadh-supermart-adz1200-630