रौतहट घटनामा ट्वीस्ट : पत्रकार फसाउन प्रहरी एसपीकै सेटिङ्ग (संवादसहित)

वि.सं.२०७८ भदौ ७ सोमवार २०:३५

काठमाण्डौं : रौतहटमा पत्रकारको मोटरसाईकलमा लागुऔषध राखेर पक्राउ गरेर फसाउन खोजिएको घटनामा एक पछि अर्को ट्वीस्ट देखा परेको छ ।
अनलाईन सञ्चालन गर्दै आएका पत्रकार मो. मोजिबुल्लाह र उनीसंगै मोटरसाईकलमा सवार राजपुर नगरपालिका ७ का शेख गुलाब भन्ने शेख अति उल्लाहलाईसादालाई पक्राउ गरेको रौतहट प्रहरी उपरीक्षक (एसपी) शिद्ध विक्रम शाह र पत्रकार संजय सहनी विच भएको कुराकानीको अडियो बाहिरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा पत्रकार सम्मेलन गरेर मुख्य योजनाकार आरोपित पत्रकार सहनी र एसपी शाह विच भएको कुराकानीमा घटना सफल भएको उल्लेख छ ।
पत्रकार संजय सहनीलाई एसपी शाहले फोन गर्छन्
यस्तो छ संवाद
पत्रकार : सर नमस्ते
एसपी : कता हो संजय जी ?
पत्रकार : घरमै सर
एसपी : एक्लै हो ?
पत्रकार : हो सर, एक्लै हो
एसपी : हिजोको काम त भएछ नी हैन त (हास्दै)
पत्रकार : भईहाल्छ नि सर, भाईहाल्छ नि
एसपी : ठिक छ, (हाँसो), फोन गरेको थियो मलाई
पत्रकार : औकात भन्दा बढी मान्छे हुनुहुन्न नि कोहि पनि ।
एसपी : हाँसो
पत्रकार : कसले फोन गर्नुभएको थियो सर ?
एसपी : के र ?
पत्रकार : कसले फोन गर्नुभएको थियो हजुरलाई ?
एसपी : हैन, मलाई तत्कालै असईले फोन गरेको थियो नि,
पत्रकार : ए ! ए जे होस् हजुरको दुतहरु राम्रो छन् एकदम
एसपी : अँ, अहिले काम गर्दे राम्रो भयो, जसको अहिलेमा काम ग¥यो उले नराम्रो भन्न सुरु गरिहाल्छ नि, यहाँ त त्यहि हो नि
पत्रकार : त्यहिँ हो सर,
एसपी : यहाँको समस्य त्यहि त हो नि, हैन, है त
पत्रकार : हुन्छ, हस् हस्
पत्रकार मोजिबुल्लाहको मोटरसाईकलमा नाईट्रोभेट ट्याबलेट राख्दै गरेको सिसीटिभी फुटेज सार्वजनिक भएपछि दबाबमा परेको प्रहरीले सोमबार उनीहरुलाई रिहा गरेको छ ।
नियोजित रुपमा फसाएको पुष्टि भएपछि नियन्त्रणमा रहेका पत्रकारलाई प्रहरीले रिहा गरेको छ ।
तर घटनाको मुख्य योजनाकार पत्रकार महासंघ रौतहटका पदाधिकारी सहनीलाई आरोपित गर्दै प्रहरीले आफ्नो कर्तुत लुकाउने प्रयास भईरहेको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले प्रहरी उपरीक्षक शाहलाई निलम्बन गरि उच्च स्तरिय छानविन समिति गठन गर्न माग गरेको छ ।

वि.सं.२०७८ भदौ ७ सोमवार २०:३५