निजगढमा नेपाललाई धक्का ! नेता पाैडेल निष्कृय बन्दा एमालेलाई सहज
वि.सं.२०७८ भदौ १५ मंगलवार २१:१३
बारा : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालकाे नेतृत्वमा विभाजन भएर नेकपा (समाजवादी केन्द्र) दल दर्ता भएकाे छ ।
दल विभाजन भएसंगै कुन प्रदेशमा कुन दल बलियो भनेर समाचार बाहिर आईरहेकाे छ । प्रदेश २ मा नेपाल नेतृत्वकाे पार्टी बलियो देखिँदा बाराकाे निजगढमा पार्टी विभाजनकाे असर नदेखिने संकेत देखिएकाे छ ।
अध्यक्ष केपी ओलीकाे असंवैधानिक कदम विरुद्ध नेता नेपालकाे साथमा देखिएका निजगढका अधिकांश नेता एमालेकाे वडा स्तरिय भेलामा खुल्न थालेका छन् ।
निजगढ वडा नं. ४ काे भेलामा माधव समुहमा खुलेका नेता र जनप्रतिनिधि सहभागी भएका छन् । अध्यक्ष ओलीले १० बुदे सहमति कार्यान्वयन गर्दै जेठ २ मा फर्किन तयार भएसंगै नेता नेपाललाई साथ दिदै आएकाे उनीहरु नयाँ पार्टीमालाई नराेजेर एमालेमै फर्किएका हुन् ।
एमालेका नेता एकबहादुर श्रेष्ठ, उपमेयर लिलादेवी लामिछाने खनाललगायत वडाका जनप्रतिनिधि एमालेमै रहने देखिएकाे छ ।
पुरुषाेत्तम पाैडेल निष्कृय बस्दा एमालेलाई फाईदा
नेकपा (समाजवादी केन्द्र) का केन्द्रीय सदस्य चयन भएका प्रभावशाली नेता एवम् पुर्व मन्त्री पुरुषाेत्तम पाैडेलकाे भुमिका निष्कृय देखिएकाे छ ।
नेता पाैडेल नयाँ र पुरानो दुवै पार्टीको कुनै पनि गतिविधिमा देखिएका छैनन् । पार्टी दर्ता भएदेखि निष्कृय देखिएका हुन । उनी निष्कृय रहदा उनी निकट नेता, कार्यकर्ता एमालेमा खुल्न थालेका छन् ।
नयाँ पार्टीबाट टाढिएका नेता पाैडेलले नेता नेपालकाे फाेन समेत उठाउन छाडेकाे उनी निकट स्राेतले जनाएको छ । नेता पाैडेल वरिष्ठ नेता झलनाथ खनाल निकट हुन् । भारतबाट उपचार गरेर खनाल फर्केकै दिन काठमाडौं छाडेर हिडेकाे र खनालले गरेकाे फाेन नसमेत नउठाएकाे चर्चा सुरु भएकाे छ ।
समाजवादी केन्द्रकाे नगर कमिटी बन्ने
ओलीकाे विराेधी क्याम्पका अगुवा नेताले नयाँ पार्टीलाई साथ नदिएर एमालेमै फर्किए पनि दाेस्राे तहका नेताहरुलाई साथ दिने भएका छन् । उनीहरुले केही दिनभित्रै नगर कमिटी घाेषणा गर्ने तयारी गरिरहेकाे स्राेतले जनाएको छ । एक नेताले भने- अगुवाले धाेका दिए पनि हामी साथ छाेड्दैनाैं ।
वि.सं.२०७८ भदौ १५ मंगलवार २१:१३