बारामा लागु औषध ईन्जेक्सन २७ सय पिस सहित भारतीय पक्राउ
वि.सं.२०७९ असोज २४ सोमवार २१:४७

बारा–भारतबाट नेपालमा लागु औषध ईन्जेक्सन भित्रिने गरेको छ । प्रहरीले कडाई गरेपछि एकपछि अर्को व्यक्ति पक्राउ परिरहेका छन् ।
बारा प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्ति तथा इन्जेक्सन सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा सिम्रौनगढ नगरपालिका २ महुवाही स्थित सवारी साधन चेकजाँचको क्रममा बीआर ०५यु४०३७ नम्बरको मोटर साईकलमा आएका भारत बिहार राज्य जिल्ला मोतिहारी पुर्वी चम्पारण थाना जितना पोष्ट बिजवनी ग्राम अगरवा २ बस्ने २८ वर्षिय मोहन प्रसाद यादवलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
उनले मोटर साइकलको पछाडी पट्टी सिटमा प्लाष्टिकको बोराभित्र पत्रिकामा कार्टुन टेपले बेरी लुकाई छिपाई राखेको अवस्थामा डाईजेपाम ईन्जेक्सन ९०० पिस, फेनारगन ९०० पिस, नुर्फिन ९०० पिस गरी जम्मा प्रतिबन्धित लागु औषध ईन्जेक्सन २७०० पिस ल्याएका थिए ।
वि.सं.२०७९ असोज २४ सोमवार २१:४७

















