धनुषा ४ मा रघुवीरभन्दा ६०२ मतले अघि लागे महेन्द्र
वि.सं.२०७९ मंसिर १२ सोमवार १२:००
831
shares

काठमाडौं-धनुषा ४ मा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अग्रता बनाएका छन् । यादवले २६ हजार ९१४ मत पाउँदा एमाले सचिव रघुवीर महासेठले २६ हजार ३१२ मत ल्याएर पछ्याइरहेका छन् ।
आइतबार साँझबाट यादवलाई उछिनेका महासेठ सोमबार विहान ६०२ मतले पछाडि परेका छन् । मिथिला नगरपालिकाको गणना भइरहेको छ । यहाँ करिब १२ हजार मत गन्न बाँकी छ । स्थानीय निर्वाचनमा मिथिलाको मेयर कांग्रेस र उपमेयर एमालेले जितेको थियो । यहाँ नेकपा एकीकृत समाजवादीको मत निर्णायक छ ।
गठबन्धनका साझा उम्मेदवार यादवले एकीकृत समाजवादीको मत पाउँदा सहजै चुनाव जित्ने अवस्था छ । तर एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीको मत महासेठलाई गएको अवस्थामा यादवको जित कठिन हुने देखिन्छ ।
वि.सं.२०७९ मंसिर १२ सोमवार १२:००

















