skip this farak Kura Pravakar

वीरगञ्जमा होटलबाट पेस्तोलसहित पक्राउ परे तीन जना

642 shares
oil-nigam-amlekhgunj-adv.jpeg

पर्सा: पेस्तोलसहित प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित ब्रह्मचोकबाट ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भएका अनिल शाह, धरान घर भएका रवि पौडेल र पर्साको मकाहमैनपुर गाउँपालिका घर भएका विजय कुमार पटेल छन् ।
आरोपीहरुको साथबाट एउटा पेस्तोल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालाका अनुसार ब्रह्मचोकस्थित एक होटलमा प्रदेश–२ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।
अहिले उनीहरुमाथि हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।

nijgadh-supermart-adz1200-630