skip this

चितुवाको आक्रमणबाट एकजना घाइते

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

मधुवन– बर्दियाको मधुवन नगरपालिका-४ बेल्वमा चितुवाको आक्रमणमा परी एकजना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय ढोढरीका अनुसार मधुवन नगरपालिका-४ बेल्वाका ५६ वर्षीय हरिहर सापकोटा चितुवाको आक्रमणमा परी घाइते भएका हुन् । उनको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सापकोटाको पाखुरा तथा शरीरका अन्य भाग घाउ रहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630