राजेश राय यादब काग्रेस बाराको सभापति पक्का !
संस्थापन इतरका समुहबाट पाए समर्थन
वि.सं.२०७८ फागुन २७ शुक्रवार २१:४३

बारा । कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादब नेपाली कांग्रेस बाराको जिल्ला सभापति बन्ने सम्भावना बढेको छ ।
पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत ल्याएका यादबलाई तेस्रो बढी मत ल्याएको संस्थापन इतरको समुहले समर्थन गरेसंगै सभापति बन्ने संभावन बढेको हो ।
कलैयास्थित करणराज पार्टी प्यालेसमा पत्रकार सम्मेलन आयोजना गरेर संस्थापन इतरले यादबलाई समर्थन गर्ने घोषणा गरेको हो । सो समुहका प्रत्यासी रामानन्द यादबले समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए । उनले आफुले पाएको मत र समुहका नेताहरु, कार्यकर्ता, शुभचिन्तक र शुभेच्छुकलाई सहयोग गर्ने विषयमा व्यापक छलफलपछि मेयर यादबलाई समर्थन गर्ने निर्णय भएको सुनाए ।
पत्रकार सम्मेलनमा राजेश राय यादबले समर्थन गरेको भन्दै रमानन्द यादबलाई धन्यवाद दिए । उनले सबैको साथ सहयोग लिएर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले पार्टीलाई थप बलियो बनाउने प्रतिवद्धता जनाए ।
पत्रकार सम्मेलनमा पार्टीका सहमहामन्त्री एवं खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीको समेत उपस्थिति रहेको थियो ।
बुधबार भएको मतदानमा तीनै जना उम्मेदवारले खसेको मतको आवश्यक मत ५१ प्रतिशत कटाउन नसक्दा मतदान दोस्रो चरणमा धकलिएको थियो । फागुन २८ गते शनिबार पुनः दोस्रो चरणको मतदान हुदैछ । मतदान बिहान १० बजेदेखि ३ चन्द्र माध्यमिक विद्यालयमा तोकिएको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतील जानकारी दिए ।
दोस्रो चरणमा राजेश राय यादब र शम्भु बहादुर बुढाथोकीको बीचमा प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा कलैया उपमहानगरपालिकाका मेयर यादवले बुढाथोकी भन्दा २४ बढी मत ल्याएका थिए ।
पहिलो चरणमा पहिलो मत यादवले ८३३ र दोस्रो बढी मत बुढाथोकीले ८०९ मत ल्याएका थिए भने तेस्रो रामानन्द यादबले ७०८ मत ल्याए ।
- सम्बन्धित शिर्षकहरु
- बारा कांग्रेस अधिवेशन : बहुमत नपुग्दा दोस्रो चरणमा धकेलियो, इतर समूह `आउट´
- कांग्रेस बारा अधिवेशन : दोस्रो चरणको सभापतिको निर्वाचन फागुन २८ गते हुने
- कांग्रेस १४ औं अधिवेशन : बारामा राती १० बजेबाट मतगणना
- जिल्ला सभापति छान्न कांग्रेस बाराको मतदान सुरु
- कांग्रेस बाराको अधिवेशन भोली, यी हुन् सभापतिको उम्मेदवार
वि.सं.२०७८ फागुन २७ शुक्रवार २१:४३

















