skip this farak Kura Pravakar

स्थानीय तहको निर्वाचनमा गरेका बाचा पुरा गर्दै माओवादी केन्द्रका युवा नेता दंगाल

3.43K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा (निजगढ)–चुनावका बेलामा अनेक बाचा गरेर जितेपछि चटक्कै भुल्ने प्रवृति मौलाएको छ । तर, बाराको निजगढ नगरपालिकाका एक युवा नेता भने चुनावमा पराजित भएपनि आफ्ना प्रतिवद्धता पुरा गरिरहेका छन् ।

गत बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा निजगढ नगरपालिकाको उपमेयरमा भिनो मतले पराजित भएका माओवादी केन्द्रका युवा नेता रविराज दंगालले जनताको बीचमा गरेको बाचा धमाधम पुरा गरिरहेका छन् ।

सिचाईको समस्या भोग्दै आएका निजगढ नगरका विभिन्न वडामा डिप बोरिङ्ग ट्युबेलकमार्फत सिचाई पु¥याउने प्रतिवद्धता जनाएका नेता दंगालले अहिले धमाधम त्यो कार्य अघि बढाएका छन् ।

स्थानीय तहमा सुख्खाग्रस्त क्षेत्रमा आवश्यक मात्रामा डिप ट्युबेलको व्यवस्था गर्ने, बकैया ड्यामलाई आधुनिक पर्यटकीय रिभरसाईड रोड निर्माण गर्ने, कृषिको आधुनिकीकरण सहित उत्पादित वस्तुको बाजारीकरण गर्ने, स्वास्थ्यको क्षेत्रमा तल्लो स्तरको जनताको पहुँच पु¥याउने र निजगढमा ईलाका प्रशासन कार्यालय ल्याउन पहल गर्ने, सुकुम्बासी समस्या हल गर्ने, मालपोत र नापी स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् ।

निर्वाचन पराजित भएपनि दंगालले सिचाईको समस्या समाधानका लागि काम अघि बढाएका छन् । निजगढ नगरपालिका वडा नम्बर ४ स्थित पुरानो निजगढमा आईतबार डिप बोरिङ्ग ट्युबेल खन्ने कार्यको शुभारम्भ गरेका छन् ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बिसन सापकोटा, राष्ट्रिय भुमिहिन तथा सुकुम्बासी आयोग विज्ञ सदस्य केदारप्रसाद गौतम, वडा सदस्य सागर गौतम, नेता बेनीबहादुर मोक्तान, माओवादी केन्द्रका नेता कुमार लामा योञ्जन, कांग्रेस नेता सुनिल चौधरी, समाजसेवी इश्वर गुरोलगायतका स्थानीय किसानहरुको सहभागीता रहेका थिए ।
नेता दंगालको प्रयासमा उर्जा जलश्रोत तथा सिचाई मन्त्री पम्फा भुसालले बजेट विनियोजन गरेपछि काम अघि बढेको छ ।

हाल निजगढ वडा नं १ मा डिप ट्युबेलको पाईपलाई विस्तार हुदैछ भने, निजगढ वडा नं ७ नेत्रोदय मावी को जग्गा, वडा नं ६ , वडा नं ८ गुम्बाटोल, वडा नं ८ औतारटोल, वडा नं ११ मा बोरिङ्ग गाड्ने कार्य सम्पन्न भई पाईपलाईनको काम शुरु हुने प्रक्रियामा छ । यी योजना सम्पन्न हुदा ४५० बिगाह जग्गामा सिचाइ हुन्छ भने अन्य ठाउमा पनि योजना पार्ने कार्य भईरहेको नेता दंगालले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630