बर्दिबास–७ मा वडाध्यक्षमा गठबन्धनका बागी उम्मेदवार यादव विजयी
वि.सं.२०७९ जेठ १ आइतवार ०७:२९
1.34K
shares

काठमाडौं । बर्दिबास नगरपालिका–७ को वडाध्यक्षमा सत्ता गठबन्धनका बागी उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनाबाट माओवादी केन्द्रले टिकट पाएपछि कांग्रेसबाट बागी बनेका सोगारथ यादव १ मतान्तरले विजयी भएका हुन् ।
निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार यादवले ७२७ मत ल्याउँदा माओवादी केन्द्रका सुरेन्द्र सिंहले ७२६ मत पाए ।अन्य वडाको मतगणना जारी छ । प्रारम्भिक विवरण अनुसार मेयरमा कांग्रेसका अर्का बागी प्रल्हाद क्षेत्री १ हजार ५५४ मतसहित अगाडि छन् ।
वि.सं.२०७९ जेठ १ आइतवार ०७:२९

















