skip this farak Kura Pravakar

पुनर्निर्माण गर्दा सम्पदाको मौलिक स्वरुप बिगारिएको छैन : प्रमुख शाक्य

1.64K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुनर्निर्माण गर्दा कुनै पनि सम्पदाको मौलिक स्वरुप नबिगारिएको बताएका छन् ।

महानगरपालिका-५ कोटा टोलमा पुनर्निर्माण भएको गुठीघरको उद्घाटनमा शुक्रबार यस्तो बताएका हुन्।महानगर प्रमुख शाक्यले भने, ‘सम्पदाको मौलिकता बिगार्नु हुँदैन, आवश्यकताका आधारमा सुधार गर्न सकिन्छ, हामीले कार्यकालको शुरुदेखि भन्दै आएका हौँ, यसै अनुसार काम पनि गर्दै आएका छौँ । ’

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं संघीय सांसद ईश्वर पोखरेलले समुदायको अस्तित्व बचाउन संस्कृति बच्नुपर्ने धारणा राखे । ‘हतियारले समुदायको अस्तित्व समाप्त हुँदैन, संस्कृतिको विनाशले हुन्छ, त्यसैले समुदाय बचाउन संस्कृति बचाउनुपर्छ,’ उनले भने ।

हाँडी गाउँमा बसोबास गर्ने नेवार समुदायको व्यक्तिको मृत्यु हुँदा अन्तिम संस्कार गर्ने ८ वटा च्याः गुठी छन्। तीमध्ये कोटा गुठी एक हो । यस गुठीमा डंगोल र महर्जन परिवारका १६ गुठियार छन् । हाँडीगाउँका यी गुठीहरूलाई लिच्छविकालीन मानिन्छ ।

कोटा गुठीमा यमरी पुन्हीको अघिल्लो दिन विशेष पूजा गरिन्छ। कोटा गुठी निर्माणमा ४६ लाख खर्च भएको जनाएको छ ।

nijgadh-supermart-adz1200-630