skip this farak Kura Pravakar

शरणार्थी प्रकरणः उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिनु लज्जास्पद–राजेन्द्र लिङ्देन

1.54K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसदलाई जानकारी गराउन माग गरेका छन् । आज बसेको संसदको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष लिङ्देनले यो राज्य विरुद्धकै अपराध भएको बताएका छन् ।

अध्यक्ष लिङ्देनले यसमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिएर आउनु लज्जास्पद भएको जिकिर गरेका छन् ।उनले अघि भने, ‘यस्तो जघन्य अपराधमा संलग्न कुनै पनि मानिसलाई छुट दिने त कल्पना नगरौं, कमजोर बनाउने काम सम्म कसैले गर्न हुन्न ।’

राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘शीर्ष नेताहरु, सरकारको गलत मनसाय छैन प्रष्ट पार्न पनि अहिलेसम्म भएका कारबाहीका प्रगति संसदलाई जनकारी गराउनुपर्यो भनेर माग राख्न चाहन्छौं ।’

तर पछिल्लो समय प्रहरीले अनुसन्धान नगर्ने हो कि अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरु आउन थालेका भन्दै उनले यस्ता गल्ती नगर्न आग्रह गरेका छन् ।प्रहरी अनुसन्धाबारे अनेक आशंका आएको र शीर्ष नेताहरुको बैठकलाई समेत त्यससँग जोडेर हेरिएको उनले बताएका छन् ।

भिडियो :

https://www.facebook.com/faraknepaltv/videos/1954773698196229

nijgadh-supermart-adz1200-630