skip this farak Kura Pravakar

वर्तमान सरकार गठन भएपछि मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तारित भएको छ –नारायण खड्का

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । वर्तमान सरकार गठन भएपछि मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तारित भएको परराष्ट्रमन्त्री डा.नारायण खड्काको भनाई छ । राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सम्बन्धमा परराष्ट्र मन्त्रालयका सम्बन्धित शीर्षकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाको विभिन्न देशको भ्रमण तथा मित्रराष्ट्रका सरकार प्रमुखको नेपाल भ्रमणले सम्बन्ध थप प्रगाढ र विस्तारित भएको बताए।

द्विपक्षीय भ्रमणको आदानप्रदानले सम्बन्ध थप विस्तारित भएको तथा नेपालको सार्वभौमसत्ता, अखण्डतामा कुनैपनि आँच आउन नदिइएको मन्त्री डा. खड्काले स्पष्ट गरे।उनले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाल–भारतका बीचमा नसुल्झिएका सीमा समस्या समाधानका लागि सरकारले निरन्तर प्रयास गरिहेको परराष्ट्रमन्त्रीले जानकारी दिए।

nijgadh-supermart-adz1200-630