skip this farak Kura Pravakar

समानुपातिक बन्दसूचीबाट हटाइएका ५५० को नामावली सार्वजनिक (हेर्नुस् सूची)

933 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबीविरोधको जाँचबुझ गर्दा अयोग्य देखिएका, जरिवाना नतिरेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ सय ५७ जना उम्मेदवारहरू रहेकामध्ये निर्वाचन कानून तथा निर्वाचन आचारसंहिताबमोजिम तोकिएको जरिवाना नबुझाउने ३६९ जना, उम्मेदवारहरूका सम्बन्धमा परेको दाबीविरोधउपर जाँचबुझबाट गरी ५४८ जना र समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एकजना र कालोसूचीमा रहेका एकजना गरी कूल ५५० जना व्यक्तिको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट मंगलबार हटाइएको थियो ।

प्रतिनिधिसभा सदस्य वा प्रदेश सभा सदस्यका लागि दलहरूले पेश गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारहरूको सम्बन्धमा जाँचबुझ गर्दा दाबी विरोधमा उजुरी नपरेका कतिपय व्यक्तिहरूले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण पेस नगरेको पाइएको र ५ कात्तिकभित्र तोकिएको जरिवाना बुझाउने मौका प्रदान भएकोमा सो अवधिभित्र समेत जरिवाना नबुझाउने ३६९ जनाको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको आयोगले जनाएको छ ।

बन्दसूचीमा समावेश रहेकामध्ये २ असोजसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधि सभा सदस्यतर्फ २३ जना र प्रदेश सभा सदस्यतर्फ २९ जना गरी ५२ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, महिला पुरूषको विवरण फरक परेका ३७ जना, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधिसभातर्फका ६ जना, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेशसभातर्फका १२ जना र आवश्यक कागज प्रमाण पेश नभएका ६ जनाको नाम पनि सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाइएको आयोगले जनाएको ।

हटाइएका व्यक्तिहरूको सूची आयोगको यस लिंकमा हेर्न सकिनेछ ।


सूचि हेर्न यहाँ Click गर्नुहाेस् ।



nijgadh-supermart-adz1200-630