skip this

आफ्नो एकमात्र एजेण्डा देशको समृद्धि र विकास गर्नुहो –ओनसरी घर्ती

1.72K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्तीले बताएकी छन् ।आज साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि बाहेक अरु कुनै एजेण्डा आफूहरुसँग नभएको बताएकी हुन् ।

अझै पनि आफूहरूले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई क्रमशः समृद्ध बनाउँदै लाने उनको भनाई छ । उनले विगतमा गरिएका सम्पूर्ण कामहरुको पनि जिम्मेवारी लिने बताइन् ।सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेकी नेता घर्तीले आफू निर्वाचित भएमा सबै पेसा, व्यवसायका मानिसहरूको हक अधिकारहरुको सुनिश्चित हुने गरी कानुन बनाउने बताइन् ।

nijgadh-supermart-adz1200-630