जनप्रतिनिधि र कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन जीतपुरसिमरा उपमहानगरको अनुरोध
वि.सं.२०८१ असार २५ मंगलवार १९:१७
774
shares
बारा–जनप्रतिनिधि र कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन जीतपुरसिमरा उपमहानगरपालिकाले अनुरोध गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले मंगलबार सम्पत्ति विवरण बुझाउने सम्बन्धी सूचना प्रकाशन गरेको छ ।
सूचनामा भनिएको छ–बहालवाला जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) मा व्यवस्था भए बमोजिम आर्थिक वर्ष समाप्त भएको ६० (साठी) दिनभित्र र नयाँ नियुक्ति भएका कर्मचारीहरुको हकमा नियुक्ति भएको मितिले ६० (साठी) दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने कानूनी व्यवस्थामा रहेको छ ।
आ.व.२०८०/०८१ को सम्पत्ति विवरण कार्यालयको प्रशासन तथा जनशक्ति विकास शाखामा बुझाउनु अनुरोध गरेको हो ।
वि.सं.२०८१ असार २५ मंगलवार १९:१७