skip this farak Kura Pravakar

जीतपुरसिमराका तीन वटै बजार झण्डै २९ लाख र विज्ञापन कर साढेँ १६ लाखमा लाग्यो ठेक्का

981 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– बाराको जीतपुरसिमराका तीन वटै बजार ठेक्का लागेको छ ।
जीतपुर पाडा भैंसी बजार, जीतपुर गुदरी हाट बजार र डुमरवाना हाट बजार २८ लाख ९६ हजारमा ठेक्का लागेको हो ।

उपमहानगरपालिकाले आय ठेक्काका लागि सिलबन्दी बोलपत्र स्वीकृत गरेको सूचना प्रकाशित गरेको छ । कुनै दाबी विरोध भए सूचना प्रकाशित भएको ७ दिनभित्र निवेदन पेश गर्नुहुन समेत यसै सूचनामा भनिएको छ ।

प्रकाशित सूचना अनुसार जीतपुर पाडा भैंसी बजार समिर ट्रेडर्स, वीरगञ्ज म.न.पा. २१, पर्साले १३ लाख ७६ हजार बीस रुपैयाँ र पैसा एक्काइसमा पाएको छ ।

त्यसैगरि जीतपुर गुदरी हाट बजारको ठेक्का आरभ ट्रेडिङ, जीतपुरसिमरा उ.म.न.पा. ७ ले १४ लाख ४७ हजार छ सय ६५ रुपैयाँमा प्राप्त गरेको छ ।

त्यसैगरि डुमरवाना हाट बजारको ठेक्का गौतम निर्माण संवा जीतपुरसिमरा म.न.पा. १४ ले ७२ हजार तीन सय ७६ रुपैयाँ र पैसा पचहत्तरमा प्राप्त गरेको छ ।

त्यसैगरि विज्ञापन करको ठेक्का एस.पी.एस. मिडिया एण्ड एडभरटाइजिङ प्रा.लि., जीतपुरसिमरा उ.म.न.पा. २ ले १६ लाख पचास हजार मात्रमा पाएको छ ।

nijgadh-supermart-adz1200-630