नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ
वि.सं.२०८२ वैशाख १७ बुधवार १३:२७
903
shares

काठमाडौं-नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई बुधबार मध्याह्न प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रज्ञा भवनमा जनमत र नाउपा पार्टी एकताको कार्यक्रम हुँदै थियो। उक्त कार्यक्रम सुरू हुनुपूर्व नै रेशम पक्राउ परेका हुन् ।
प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्याएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।
टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।
वि.सं.२०८२ वैशाख १७ बुधवार १३:२७
















