skip this

पहिरो खस्दा डुम्रे–बेँसीसहर सडकखण्डको उदिपुरमा सडक अवरुद्ध

1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण शनिबार रातीदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो । बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो ।

लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीका अनुसार बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्।नयाँ ट्रयाक खोलेर वैकल्पिक बाटो खोजी गरी आइतबार साँझसम्म अवरुद्ध सडक खुलाइने डुम्रे–बेँसीसहर–चामे सडक योजनाका प्रमुख डिभिजन इन्जिनियर अच्युत बिलास पन्तले बताए । उनले भने,सडकको १ सय मिटर माथिबाट पहिरो खसेको छ तत्काल सडक खुलाउन सकिँदैन यसका लागि बैकल्पिक बाटो खोज्नुपर्छ ।

 

nijgadh-supermart-adz1200-630