skip this

जीतपुरसिमरामा सुरु भयो सडक मानव मुक्त अभियान ! सिमराबाट उद्धार गरियो एक महिला

2.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरामा सडक मानव मुक्त अभियान सूरु भएको छ ।

काभ्रेस्थित धुलीखेलमा सञ्चालित मानव कल्याण समाज (सेवा घर) निरीक्षण गर्दै जीतपुरसिमराका उपमहानगरपालिकाका मेयर राजन पौडेलले अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए ।

निजगढमा स्थापना भएको समाजकाे बारा शाखासंग समन्वय गरेर जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर पौडेलले अभियान सुरु गरेका हुन् ।

अभियान अन्तर्गत सडक मानवको उद्धार थालिएको छ । सिमरास्थित सडकमै दैनिकी गुजार्दै आएकी एक महिलाको जीतपुरसिमराका मेयर राजन पौडेलले उद्धार गराएका हुन् ।

विगत लामो समयदेखि बाराको जीतपुरसिमरा उपमहानगरपलिका वडा नं. २ स्थित सिमरा चोकको सडकमै बस्दै आएकी महिलालाई उद्धार गरी मानव कल्याण समाज (सेवा घर) निजगढमा पठाइएको हो ।

उद्धारको लागि सामाजिक अभियन्ता रविराज दंगालले समन्वय गरेका थिए । उद्धारकार्यमा सेवा घरका अभियन्ता साथै स्थानीय सामाजिक व्यक्तित्व छवि शर्मा, हरि थपलिया, रवीन्द्र खकुरेल, रामचन्द्र लामा, राजदास श्रेष्ठ, सञ्चारकर्मी बिदुर खड्कालगायतको उपस्थिति रहेको थियो ।

मेयर राजन पौडेलका अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका २४ वटै वडामा यस्ता बेवारिसे सडक मानवहरु देखे वा भेटेमा नगरले संस्थासँग समन्वय गरी उद्धार गर्ने जनाए ।

जीतपुरसिमरामा सडक मानव मुक्त व्यवस्थापनबारे मेयर पाैडेलकाे चासाे, मानव सेवा घर धुलिखेलकाे निरीक्षण

nijgadh-supermart-adz1200-630