skip this

रुपन्देहीका पत्रकार एनबि कंडेलकाे दुर्घटनामा निधन

1.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-रुपन्देहीमा सवारी दुर्घटनामा परि पत्रकार नर बहादुर कडेल एनबिकाे निधन भएको छ ।

नेपाल पत्रकार महासंघ रूपन्देहीका साधरण सदस्य, ग्लाेबल आवाज अनलाईनका सम्पादक पत्रकार एनबि कंडेलकाे शुक्रबार साँझ दुर्घटनामा परि निधन भएकाे हाे ।

माेटरसाइकलमा सवार पत्रकार कंडेललाई रेडिमिक्सले ठक्कर दिएको थियाे । उनकाे उचारका क्रममा निधन भएकाे प्रहरीले जनाएको छ ।

रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. २ जानकीनगर स्थित सिदार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जादै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको लु १ क ५२७६ रेडिमिक्स ( सिमेन्ट घोल्ने सवारी ) ले ठक्कर दिएकाे हाे ।

रुपन्देही सैनामैना नगरपालिका वडा नं. १ रानी बगियाकाका पत्रकार कडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हाे । उनकाे शव अस्पतालमा राखिएको छ ।

घटनामा संलग्न सवारी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630