निजगढमा सेवा घर सञ्चालन : धमाधम सडक मानव उद्वार, जुट्दै सहयोगी हात

1.02K shares

बारा-बाराकाे निजगढमा सेवा घर सञ्चालनमा आएको छ । मानव कल्याण समाजकाे नयाँ शाखा निजगढ ४ बागदेवमा सञ्चालनमा आएको हाे ।

भक्तपुरमा केन्द्रीय कार्यालय रहेकाे समाजकाे देशका विभिन्न स्थानमा शाखा सञ्चालन भईरहेकाे छ । निजगढमा गत सातादेखि सेवा घर सञ्चालनमा आएको हाे ।

सडक मानवलाइ संरक्षण दिने उदेश्यले निजगढमा सेवा घर सञ्चालनमा आएको मानव कल्याण समाजकी केन्द्रिय अध्यक्ष सुमि मानवले बताईन् ।

धमाधम सडक मानव उद्वार

सेवा घर सञ्चालनमा आएका दुई सातामै १५ जनालाई सेवा घरमा पुर्याईएकाे छ । नगरका विभिन्न वडा र मुख्य राजमार्गमा अलपत्र अवस्थामा रहेका सडक मानवलाई उद्वार गरिएकाे हाे ।

जुट्दै सहयोगी हात

समुदाय स्तरबाट सञ्चालनमा आएकाे सेवा घर सञ्चालन गर्न भाैतिक सामाग्री जुट्न थालेको छ । सामाजिक अभियन्ता रविराज दंगालले सामाजिक सञ्जालमार्फत सहयाेगकाे आह्वानपछि सहयोग जुट्ने क्रम सुरु भएको छ ।

कुर्सी, फ्रिज, खाद्यान्न जस्ता सामग्री सहयाेग गर्ने क्रम सुरु भएको छ । त्यस्तै जन्म दिन मनाएर सेवा घरलाइ सहयोग गर्ने क्रमकाे सुरु भएको छ ।

मुट्ठी दान सहयोग संकलन

मानव कल्याण समाज सेवा घर शाखाले आज निजगढको हाट बजार भित्र र बजार देखि सहिद चोकसम्म मुट्ठी दान सहयोग संकलन गरेको छ।

एकदशी भजन समुहको सहकार्यमा थालिएको अभियानमा समाजसेवि रविराज दंगाल, सीतादेवी खड्का, धनमाया लामा, राेशन ढकाल, होम बहादुर खडका, छ्वाङ लामा, अमर अधिकारी, दिलिप खड्का, सरस्वती चाैलागाइ, हरि खड्का, राधा खड्का लगायतको उपस्थिति रहेको थियो ।

मुठ्ठी दान अभियानमा रु १५३७० नगद र खाद्यान्न समाग्री, लत्ता कपडा संकलन भएको थियो ।

यसैबिच समाजले सुरक्षानिकायसंग आवश्यक समन्वय र सहयोगकाे लागि भेटघाट गरेकाे छ ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, सहायक प्रजिअ कृष्ण प्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक पुरुषाेत्तम प्रसाद पाण्डेलाई भेट गरि हाल संचालनमा रहेको सेवाघरको अवस्थाको बारेमा जानकारी गराईएकाे थियाे ।

केन्द्रीय अध्यक्ष सुमि मानव, अभियन्ता रविराज दंगाल, संन्तोष दंगाल, छ्वाङ लामा, रोशन ढकालको टिमले सुरक्षा निकायलाइ भेटेर सेवाघर निरीक्षणको लागि निमन्त्रणा दिएका थिए ।