खर्च विवरण बुझाउँदा पनि जरिवाना तोकेकोमा बारा १ (क) का स्वतन्त्र उम्मेदवार लामाको गुनासो
वि.सं.२०८० साउन ३२ बिहीवार ०९:००
2.34K
shares

बारा–बारा क्षेत्र नं. १ (क) प्रदेश सभाका स्वतन्त्र उम्मेदवार सन्नी लामाले खर्च विवरण बुझाउँदा पनि जरिवाना तोकेकोमा लामाको गुनासो गरेका छन् ।
समयभित्रै खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले रु. १५ हजार जरिवाना तोकेर लामाको समेत नाम सार्वजनिक गरेको छ ।
बैशाख १३ गते भित्र निर्वाचन खर्च सार्वजनिक गर्न निर्देशन दिएको र त्यो निर्वाचन खर्चको विवरण निर्वाचन सकिएको ३५ दिनभित्र नैं बुझाईएको लामाले बताए ।
उनले एउटा पत्र सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ११ साउनमा जरिवानाबारे आयोगले पठाएको पत्रमा समेत उनले खर्च विवरण बुझाएको उल्लेख छ । ‘निर्वाचन आयोग समक्ष खर्च विवरण पेश भईसकेको लेखिएको पनि छ’, लामाले भने–‘अनि जरिवाना के को लागि ? निर्वाचन आयोगले के भन्ने खोजेको हो ?’

वि.सं.२०८० साउन ३२ बिहीवार ०९:००
















