skip this

बारा क्षेत्र नं. १ मा नेकपाबाट निजगढका सन्तोष दंगाल उम्मेदवार

2.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-फागुन २१ प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीबाट बारा क्षेत्र नं. १ मा सन्तोष दंगाल उम्मेदवार बन्ने भएका छन् ।

युवामैत्री सोच, ऊर्जा र हक्की स्वभावका दंगाललाई स्पष्ट, निडर र जिम्मेवार युवा नेतृत्वका रूपमा हेरिएको छ ।

गलतका अगाडि नझुक्ने, सहीका पक्षमा खुला रूपमा बोल्ने र जनताको हक–अधिकारका लागि डटेर उभिन सक्ने क्षमताका कारण दंगालप्रति युवासहित आम मतदाताको विश्वास बढ्दो छ।

तत्कालिन नेकपा (माओवादी केन्द्र) निजगढकाे नेतृत्व गर्दै आएका बदलिँदो राजनीतिक परिवेशमा जेन जेडको माग, युवाको आवाज र परिवर्तनको चाहनालाई आत्मसात् गर्दै संसदसम्म जनताको मुद्दा पुर्‍याउने उनको प्रतिबद्धता रहेको बताइन्छ ।

स्थानीयस्तरमा सक्रियता, जनसरोकारका विषयमा स्पष्ट धारणा र उत्तरदायी नेतृत्वको छवि निर्माण गरेका दंगाललाई बारा क्षेत्र नं. १ का मतदाताले आशाको प्रतिनिधिका रूपमा लिएका छन् ।

“युवाको आवाज, युवा नेतृत्व” भन्ने नारासहित अघि बढिरहेका दङालले ऐतिहासिक जित हासिल गर्ने विश्वास समर्थकहरूले व्यक्त गरेका छन्।

nijgadh-supermart-adz1200-630