skip this farak Kura Pravakar

राप्रपा नेपाल मकवानपुरको अध्यक्षमा सापकोटा

1.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

हेटौंडा । कमल थापा नेतृत्वको राप्रपा नेपालको मकवानपुर अध्यक्षमा गुरु प्रसाद सापकोटा चयन भएका छन् ।

दुई दिनअघि मात्र आफू जिल्ला अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर राप्रपा नेपालमा प्रवेश गरेका सापकोटा जिल्ला अध्यक्षमा चयन भएका हुन् ।

बिहीबार हेटौंडामा भएको राप्रपा नेपाल, मकवानपुरको घोषणा सभामा निवर्तमान अध्यक्ष अर्जुन ढुङ्गानाले मकवानपुरको अध्यक्षमा सापकोटाको नाम घोषणा गरेका हुन् ।

राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले सर्वसम्मत चयन भएका सापकोटालाई पार्टीको माइन्युट र झण्डा हस्तान्त्रण गरेका थिए । उनले राजेन्द्र लिङ्देनको नेतृत्वको राप्रपामा सैद्धान्तिक विचलन देखिएको भन्दै साधारण सदस्यसमेत नरहने गरी परित्याग गरेको घोषणा गरेका थिए ।

 

nijgadh-supermart-adz1200-630