skip this

नयाँ वर्षमा यामाहाको २० लाखसम्म जित्ने अफर सार्वजनिक

2.32K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। यामाहा नेपालले आफ्ना ग्राहक र समर्थकका ‘२०७९*१००० गुणाले खुशी बढाउनुहोस्’ अफर सार्वजनिक गरेको छ।

आउँदो वर्ष २०७९ लाई लक्षित गरी नेपालका लागि यामाहा मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले अफर सार्वजनिक गरेको हो।

योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनै पनि सवारी साधन खरिद गर्दा स्योरसट २०७९ को चार गुणा अर्थात् आठ हजार ३१६ देखि २०७९ सय गुणा दुई लाख सात हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन्।

त्यस्तै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले २०७९ को एक हजार गुणा अर्थात् २० लाख ७९ हजार रुपैयाँ जित्न सक्नेछन्।

यामाहाका बाइकरस्कुटर लिन इच्छुक ग्राहकहरू यामाहाको अधिकारिक शोरूमबाट खरिदपश्चात यस अफरमा भाग लिन पाउनेछन्।

कम्पनीका अनुसार ग्राहकहरू यामाहाको आधिकारिक वेबसाइट www.yamaha.com.np मा यामाहाले दैनिक रूपमा खेलाउने डिजिटल ज्याकपटमा सहभागी भई उल्लेखित नगद उपहार जित्न सक्नेछन्।

यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले ग्राहकहरूको सन्तुष्टि र खुशी नै यामाहा नेपालका लागि सबैभन्दा महत्वपूर्ण कुरा भएको बताए । भने, “आफ्ना ग्राहकलाई खुशी बनाउन यामाहा नेपालले कुनै पनि कसर बाँकी नराख्ने र उपहारका नाममा यति ठूलो नगद राशी वितरण गरिएको सम्भवतः यो नेपालकै पहिलो र अहिलेसम्मकै ठूलो उपहार हो ।”

उक्त अफर ६ चैतदेखि शुरु भएको र जेठ पहिलो हप्तासम्म चल्ने कम्पनीले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630