skip this

भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी र तीन जना पक्राउ

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । एक करोड मुल्यबराबरको अवैध मेडिकल उपकरणसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी र तीन जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ । प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–९, सङ्कटमोचन मन्दिर नजिकै रहेको विनयकुमार झाको घरमा लुकाइछिपाई राखिएको अवस्थामा शुक्रबार साँझ उक्त मुल्य बराबरको अवैध मेडिकल उपकरणसहित भारतीय नम्बर प्लेटको बि आर ०१ पि के ६६६६ नम्बरको स्कार्पियो गाडी र भारतीय नागरिक विपिनकुमार सिंह, शङ्कर सिंह र सुरज सिंहलाई नियन्त्रणमा लिएको छ ।

बरामद गाडी र मेडिकल उपकहरणहरु आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले भारतबाट भन्सार छलेर ल्याइएका विभिन्न मेडिकलका उपकरणहरु जनकपुरस्थित झाको घरमा लुकाइछिपाई राखेको अवस्थामा बरामद गरिएको बताउनुभयो । गोप्य सूचनाका आधारमा रितपूर्वक छापा मार्ने क्रममा सामग्रीसहित गाडी र चोरी पैठारीमा संलग्न तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।

nijgadh-supermart-adz1200-630