skip this farak Kura Pravakar

तिमीलाई सम्झिए……

3.53K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सम्झना धमला (सानु) को गजल आकाशमा झलमल्ल तारा लागेको देखेर  तिमीलाई सम्झिए:

गजल
गजल
आकाशमा झलमल्ल तारा लागेको देखेर
तिमीलाई सम्झिए
कस्तो झुकुक्किएकी म,
तिमी त अब नआउने भएर गएछौँ ।
आकाशमा झलमल्ल तारा लागेको देखेर
तिमीलाई सम्झिए ।।

हिजो त तारा झर्ने बेला सम्मै टोलाएछु,
ताराले पनि मै सङ्ग बिलौना गर्यो
कति हेरेको भनेर ,
तिमि त अब नआउने भएर गएछौ ।।
आकाशमा झलमल्ल तारा लागेको देखेर
तिमीलाई सम्झिए ।।

रोइ दिउँ कि जस्तो भयो
तिमिलाई सम्झेर,
फेरि मन बुझाए तिमिलाई नै सम्झेर
तिमि त अब नआउने भएर गएछौ ।।
आकाशमा झलमल्ल तारा लागेको देखेर
तिमीलाई सम्झिए ।।
सम्झना धमला (सानु)

nijgadh-supermart-adz1200-630