skip this

सपना शिखाका दुई गजल

3.27K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सपना शिखाका दुई गजल यसप्रकार छन् :
(गजल)
कतै रङ्ग न तरङ्ग , माया मोह छैन
बोल्नै पर्छ भन्ने पनि, कर लाग्न छैन।

किन किन आजभोलि, भर लाग्न छोड्यो
न छ आशा न भरोसा, डर लाग्न छोड्यो

काख दिँदा साथ दिँदा, मात लाग्यो होला
त्यै दम्भले आफ्नै घर, घर लाग्न छोड्यो

सँगै श्र्वास फेर्छु भन्ने, भयो टाढा टाढा
नियतिले बैरी बरु, पर लाग्न छोड्यो

दूध ठानेँ पानी धेरै, मिसिएको रैछ
जतिसुकै तताए नि, तर लाग्न छोड्यो

(गजल)
मशान झै लाग्छ शहर आफुभित्रै जलेर होला
बिरक्त बन्छ प्रहर भित्रै कुन्ठा चलेर होला।।

जताततै बिषक्त बोली हरु बिझाउछन
सायद आसाका चहर हरु गलेर होला।।

रजौटेको मात बोल्छ शहरको नक्सा फेरिएन
फगत स्वार्थको बिषक्त्त फल फलेर होला।।

दिन बिक्यो सहरमा तर अझै दिल बिकेन
रुखो बन्दैछ सहर मानबता ढलेर होला।।

सपना शिखा
मुलपानी, काठमाडौं

nijgadh-supermart-adz1200-630