कैलालीको अत्तरियामा सुन व्यवसायीमाथि गोली प्रहार

वि.सं.२०७९ पुस ३ आइतवार १९:५३
831
shares

काठमाडौं-कैलालीको अत्तरियामा सुनचाँदी व्यवसायीमाथि आइतबार बेलुका गोली प्रहार भएको छ । अत्तरियास्थित घोडोघाडी सुन चाँदी पसलका सञ्चालक २८ वर्षीय विकास सुनुवारमाथि गोली प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार घोडोघोडी नगरपालिका १ घर भएका सुनुवार अत्तरिया चोकबाट पश्चिमबाट पूर्वतर्फ मोटरसाइकलमा जाने क्रममा विपरीत दिशातर्फ मोटरसाइकलमा सवार व्यक्तिबाट गोली प्रहार भएको हो ।
दायाँ पाखुरामा गोली लागि घाइते भएका सुनुवारको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गोली हान्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । घाइते सुनुवारलाई थप उपचारको लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको छ ।

वि.सं.२०७९ पुस ३ आइतवार १९:५३