skip this

यति एयर दुर्घटना : दाेहाेरी गायिका निरा छन्त्याल अस्ताईन्

1.94K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- तीन घन्टाअघि सामाजिक सञ्जाल फेसबुकमा माघे सङ्क्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । भनेर शुभकामना दिएर पाेखरा उडेकी दाेहाेरी गायिका निरा छन्त्याल विमान दुर्घटनामा परेकी छिन् ।

गायिका छन्त्यालले शुक्रबार पाेखरा जान लागेका फेसबुक स्टाटसबाटै जानकारी गराइसकेकी थिईन् । उनले लेखेकी थिईन्- छन्त्याल भवन काठमाडौंको माघि सकियो अब भोलि पोखरा मा रमाइलो गर्नु पर्छ ।

उनी सवार यति एयरलाइन्सको विमान आइतबार बिहान पाेखरा अन्तर्राष्ट्रिय स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो ।

विमानमा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए ।

nijgadh-supermart-adz1200-630