विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न गृहमन्त्री लामिछानेको निर्देशन
वि.सं.२०७९ माघ १ आइतवार १३:२२
861
shares

काठमाडौं, माघ १ गते । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले मातहतका निकायलाई निर्देशन दिएका छन्।
गृहसचिव, शान्तिसुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित प्रशासन र सुरक्षा निकायलाई दुर्घटनास्थलमा उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । अहिले गृहमन्त्री लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगि घटनाबारे जानकारी लिइरहेका छन्।अहिले उद्धार कार्य जारी छ। क्षतिको विवरण भने आउन बाँकी छ।
वि.सं.२०७९ माघ १ आइतवार १३:२२

















