सभामुख घिमिरेले बोलाए सर्वदलीय बैठक
वि.सं.२०७९ माघ ७ शनिवार १०:०६
822
shares

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाएका छन् ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाँएको यो पहिले सर्वदलीय बैठक हो । उनी यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका थिए । ।
वि.सं.२०७९ माघ ७ शनिवार १०:०६
















