नेपाली फुटबल टिम आज स्वदेश फर्कदै
वि.सं.२०७८ कात्तिक १ सोमवार ०७:२१
882
shares

काठमाडौँ : साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपविजेता नेपाली टिम सोमबार बिहान नेपाल आईपुग्ने जनाएको छ ।
नेपाली टिम बिहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छन् । तर मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने नेपाल नआउने एन्फाले जनाएको छ ।
उनी केही दिन परिवारसँग बसेर केही दिन नेपाल फर्कने एन्फाको भनाइ छ । अल्मुताइरीले साफको फाइनल खेल नै आफ्नो अन्तिम प्रशिक्षण भएको जनाएका थिए । उनी एन्फा पदाधिकारीसँग असन्तुष्ट हुँदै आएका छन् ।
वि.सं.२०७८ कात्तिक १ सोमवार ०७:२१

















