skip this

बाराको उपमहानगर भागबण्डा : कलैया कांग्रेसलाई, जीतपुरसिमरा माओवादी केन्द्रको भागमा

उपमेयर कलैयाको जसपा, जीतपुरसिमराको कांग्रेसलाई

2.62K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । सत्तारुढ गठबन्धनले देशभरको ११ वटा उपमहानगरपालिकाको भागबण्डा गर्ने क्रममा बाराको दुवै वटा उपमहानगरको भागबण्डा मिलाएको छ ।
सत्ता गठबन्धनको मंगलबार राती बसकेको बैठकले जिल्ला सदरमुकाम रहेको कलैया उपमहानगरपालिकामा कांग्रेसको नेतृत्वमा स्थानीय तह निर्वाचनमा जाने सहमति भएको छ । कलैयामा मेयर पद कांग्रेसले पाउँदा उपमेयर जसपाले पाउनेछ ।
त्यसैगरि जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा निर्वाचनमा जाने सहमति बनेको छ । जीतपुरसिमरामा मेयर पद माओवादीले पाउँदा कांग्रेसले उपमेयर पद पाउने छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा कलैयामा कांग्रेसले जितेको थियो भने जीतपुरसिमरामा नेकपा (एमाले) विजयी भएको थियो ।

nijgadh-supermart-adz1200-630