भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई दिन सकिदैन – दिनेश कोइराला
वि.सं.२०७९ वैशाख ७ बुधवार ०८:५७
2.1K
shares

काठमाडौं ।भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई दिन नसकिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले बताउनु भएको छ । उहाँले सत्ता गठबन्धनमा मेयर पद माओवादीलाई दिने बारे छलफल भइरहँदा भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग गर्न नसकिने बताउनु भएको हो ।
कांग्रेस केन्द्रीय सदस्य कोइरालाले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी तथा हालकी मेयर रेणु दाहाललाई नै कांग्रेसको समर्थन गराउन व्यापक प्रयास र षड्यन्त्र भइरहेको भन्दै पार्टीले त्यस्तो निर्णय नै गर्न नसक्ने र गर्न नहुने बताउनु भएको हो । उहाँले चितवनका जनताको चाहना नेपाली कांग्रेसले नै मेयर पदमा उम्मेदवारी दिनुपर्ने जिकिर गर्नु भएको छ ।
वि.सं.२०७९ वैशाख ७ बुधवार ०८:५७

















