श्रीकृष्ण जन्माष्टमी विशेष गजल
वि.सं.२०७९ भदौ ३ शुक्रवार ०७:३२
4.54K
shares

हरे कृष्ण हरे कृष्ण तिम्रै नाम जपेर तर्छौं
जन्म दिन तिम्रो आज भब्य स्वागत गर्छौं
छ लिला अपारको गाउँछौं गुणगान तिम्रो
बाँसुरीको धुनमा पनि होसमै लठ्ठ पर्छौँ
दु:ख कष्ट हरण गर्देउ हाँसेरै ति जनका
सेवा भक्तिले यो चित्तमा तिमीलाईनै भर्छौँ
एउटा मात्रै निवेदन यो तिमीलाई चढाँउदै
स्वर्ग सरि भुवनमा आहा रमेर डेरा सर्छौं
कृष्ण गोबिन्द हरे मुरारे नारायण र वासु
सम्बोनमा अमृतवाणी चारै नभमा र्छौं ।
श्रीकृष्ण जन्माष्टमीको समस्तमा
हार्दिक शुभकामना ❣️❣️
आए कृष्ण मुरली बजाउँदै
मयूर मुकुट शिरमा सजाउँदै ।
–सुकेधारा, काठमाण्डौं
वि.सं.२०७९ भदौ ३ शुक्रवार ०७:३२
















