राष्ट्रियसभा बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलको कार्यसूची
वि.सं.२०८० असार २२ शुक्रवार ०७:४६
/fli6«o ;efsf] a}7sdf ;xefuL ;b:o sf7df8f}+, !# h]7 M ;ª3Lo ;+;b ejg gofF afg]Zj/df z'qmaf/ /fli6«o ;efsf] a}7sdf ;xefuL ;b:o . t:jL/ M rGsnf If]qL÷/f;;
काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १२ बजेर ३१ मिनेटमा बस्नेछ ।
हिजोको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको केही दिनअघिको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले अवरुद्ध गरेपछि स्थगित भएको थियो ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुनेछ ।
आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गत छुट्याइएको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।
यसअघि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० सभा समक्ष पेश गर्नेछन् ।
वि.सं.२०८० असार २२ शुक्रवार ०७:४६

















