skip this

गठबन्धन नेपाललाई सुशासन दिनका लागि बनेको हो–रामचन्द्र पौडेल

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन् । वरिष्ठ नेता पौडेल एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन । आज तनहुँको बन्दीपुर गाउँपालिकास्थित झारगाउँमा आयोजित कोणसभामा बोल्दै वरिष्ठ नेता पौडेलले उम्मेदवार बन्न मात्र नभई काम गर्ने दृढ सङ्कल्प बोकेर आएको बताएका छन् ।

उनले देशलाई अहिले सुशासन चाहिएको र सुशासन कायम गरेपछि विकास सम्भव रहेको उनको भनाई छ । अहिलेको गठबन्धन नेपाललाई सुशासन दिनका लागि बनेको उनले बताएका छन् । वरिष्ठ नेता पौडेलले आफूहरु जनतालाई ठूला सपना देखाउने पक्षमा नरहेको जिकिर गरेका छन् । कृषि क्रान्ति, पर्यटन र ऊर्जाले देश समृद्ध बन्ने बताउँदै त्यसतर्फ योजना बनाएर कार्यान्वयन गरिने वरिष्ठ नेता पौडेलको भनाई छ । गाउँगाउँमा यातायात, बिजुली पुगे पनि रोजगारी नपुगेको भन्दै पौडेलले अब गाउँमा नै आम्दानी र रोजगारी पु¥याउन उद्योगधन्दा स्थापना गरिने दाबी गरेका छन् ।

देशलाई प्रतिगमनमा लैजाने षड्यन्त्र भएपछि पाँच दलीय गठबन्धन बनेको चर्चा गर्दै पौडेलले जनताको हातमा आएको अधिकार बचाउन सबै एकै ठाउँमा उभिएको बताउनुभयो ।पौडेलले गोरखामा नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बन्दा त्यहाँ नेपाली कांग्रेसले र तनहुँमा आफूलाई नेकपा माओवादीले मत हाल्ने बताए छन् ।

nijgadh-supermart-adz1200-630