skip this farak Kura Pravakar

संविधानले सबै प्रकारका विभेद् र उत्पीडनको अन्त्य गरेको छ –राजेन्द्रकुमार राई

999 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपालको संविधानले सबै प्रकारका विभेद् र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन्।

आज संविधान दिवस–२०७९ का अवसरमा एक शुभकामना सन्देश जारी गर्दै आजको यो ऐतिहासिक दिनले हामी सबैलाई एकताबद्ध भई अगाडि बढ्न प्रेरित गर्ने अपेक्षासमेत गरेका छन्। मुख्यमन्त्री राईले शुभकामना सन्देशमा नेपालको संविधानमा नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानुनी राज्य जस्ता लोकतन्त्रका महत्वपूर्ण अङ्गहरूको व्यवस्था हुनुले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको उल्लेख गरेका छन्।

उनले नेपालको संविधान–२०७२ जारी भएपश्चात् दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भएर यतिखेर हामी दोस्रो कार्यकालको निर्वाचनको सङ्घारमा छौँ भन्दै लोकतन्त्रको प्राणवायु मानिने निर्वाचन आवधिकरूपमा सम्पन्न भएर लोकतन्त्र थप मजबुत हुन पुगेको बताएका छन् ।

nijgadh-supermart-adz1200-630