skip this

देश अस्थिरताको दुष्चक्रमा फस्न लागेको छ –बाबुराम भट्टराई

780 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । देश अस्थिरताको दुष्चक्रमा फस्न लागेको नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले टिप्पणी गरेका छन् । समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै अध्यक्ष भट्टराईले आम चुनावको तीन महिना नपुग्दै सरकार निर्माणमा देखिएको नाटकीय मोड, रवि लामिछाने प्रकरण र सुदूरपश्चिम सरकार ढल्नुले देश दुष्चक्रमा फस्न लागेको संकेत मिलेको बताएका हुन्।

उनले राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्ने बताएका छन्।अर्थतन्त्रमा गम्भीर संकट देखा परेको, भूराजनीति तातिँदै गएको भन्दै उनले अब पनि द्वन्द्व गरिरहने कि सहमतिको बाटो रोज्ने ?’, भनेर प्रश्न गरेका छन्।

अध्यक्ष भट्टराईले रमाजिक सञ्जालमा लेखेका छन्, आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण,रवि लामिछाने प्रकरण,सू प प्रदेश सरकार पतन इ।घटनाले देश अर्को अस्थीरताको दुष्चक्रमा फस्नलागेको संकेत गर्छ।राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउनसक्छ।अर्थतन्त्रका गम्भीर संकट छदैछन्।भूराजनीति अरू तात्दैछ।अब पनि द्वन्द कि सहमतिको बाटो ?

nijgadh-supermart-adz1200-630