बागदेव दुग्ध : तीनै उम्मेदवारलाई चुनाव चिन्ह दिने निर्वाचन समितिको निर्णय, गोविन्दको स्वघोषणा अमान्य !
वि.सं.२०८० पुस २० शुक्रवार २१:५०

बारा– बारा–बाराको निजगढ–६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि. मा उपाध्यक्ष पदमा हुने निर्वाचनमा तीनै जना उम्मेदवारले चुनाव चिन्ह पाउने भएका छन् ।
निर्वाचन समितिको शुक्रबारको बैठक अनुसार तीनै जनालाई चुनाव चिन्ह दिईनेछ ।
उपाध्यक्षमा उदयराज पाण्डे, टुकबहादुर तिमल्सिना, गोविन्द प्रसाद घिमिरेको उम्मेदवारी परेको छ । गोविन्दले भने उपाध्यक्ष पदका उम्मेदवार गोविन्द प्रसाद घिमिरेले शुक्रबार एक पत्र बुझाउँदै उम्मेदवार नरहने र चुनाव चिन्ह समेत उपलब्ध नगराउन भन्दै स्वघोषणा गरेका थिए ।
निर्वाचन समिति अधिकृत अजयकुमार उप्रेतीले उम्मेदवारको नाम फिर्ता गर्न दिईएको समय सकिएपछि प्राप्त भएको उम्मेदवारी फिर्ताको स्वघोषणाले मान्यता नपाउने बताए ।
‘स्वच्छ र निस्पक्ष ढंगबाट मतदान हुनेछ,’ अधिकृत उप्रेतीले भने–संक्रमणकालिन परिस्थितमा निर्णय पुग्न सबैतिर परामर्श गरेका थियौं । त्यसैअनुसार तीनै जना उम्मेदवारलाई चुनाव चिन्ह दिने भएका छौं । भोली सबैको चुनाव चिन्ह सार्वजनिक गछौं ।
वि.सं.२०८० पुस २० शुक्रवार २१:५०
















