skip this farak Kura Pravakar

नेफस्कुन सञ्चालक शोभा राउत निजगढमा सम्मानित

972 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) मा हातै निर्वाचित भएकी बाराको पहिलो महिला सहकारीकर्मी शोभा राउतलाई निजगढमा सम्मान गरिएको छ ।

बाराको निजगढ नगरपालिका–९ शहीदचोकस्थित सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिक साधारण सभाको अवसरमा राउतलाई सम्मान गरेको हो ।

संस्थाले प्रदान गरेको सम्मान पत्र निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, उपमेयर सोममाया थिङ्ग, संस्थाका अध्यक्ष मणिश्वर घिमिरे हस्तान्तरण गरेका थिए ।

नेफ्स्कुनको ३२ औ साधारणसभाबाट शोभा मधेश प्रदेश भूगोल अन्तरगत संचालक निर्वाचित भएकी थिईन् । उनी निजगढ महिला बचत सहकारी संस्थाकी अध्यक्ष समेत हुन् ।

 

सेवा शुभारम्भ साकोसद्धारा निजगढ खेलकुद प्रतिभा पुरस्कार जन्मेजय धामीलाई प्रदान ! अरु कसलाई के सम्मान

nijgadh-supermart-adz1200-630