skip this hetauda tech

आज दिउँसो ४ बजेसम्म समानुपातिक सांसदको विवरण सच्चाउन सकिने –निर्वाचन आयोग

441 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज दिउँसो ४ बजेसम्म निर्वाचन आयोगमा दलहरुले बुझाएको समानुपातिक सांसदको विवरण सच्चाउन सक्ने भएका छन् । आयोगले सूचना निकालेर सोमबार दिउँसो ४ बजेसम्मको समय दिएको छ ।

दलले बुझाएको नामावली जाँचबुझ गरेर समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । दलहरुले प्रतिनिधि सभाका लागि १ सय १० जना र ७ वटै प्रदेश सभाका लागि २ सय २० जनाको नाम सिफारिस गरेका छन् । पार्टी केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरेर हिजो शनिबार ७ दलले नामावली बुझाएका छन् ।

प्रतिनिधि सभामा १ सय १० सिट समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । सङ्घीय संसदमा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५र५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए ।निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसद निर्वाचित भएको एक हप्ताभित्र मंसिर ४ गते भएको चुनाव सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने तयारी गरेको छ।

nijgadh-supermart-adz1200-630