skip this farak Kura Pravakar

धान खान पस्न खोज्दा हात्तीको ज्यान गुम्यो (भिडियो)

सोहि स्थानमा खाल्डो खनेर अन्त्यष्टि

1.52K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको कोल्हवी नगरपालिका–२ भलुआईखोरस्थित जंगलसँग जोडिएको धानबालीमा पस्न खोज्दा एउटा किशोर अवस्थाको हात्तीले ज्यान गुमाएको छ ।

बाला लागिसकेको धानबालीमा पस्नु अघि नै जेआई तार (नाङगो) तारमा प्रवाह भएको करेन्ट लागेपछि उम्किन खोज्दा काँडेतारमा अल्झिएर १५देखि २० वर्ष उमेरको भाले हात्तीले ज्यान गुमाएको हो ।

हात्ती मरेको स्थानदेखि पश्चिमतर्फ विद्युत जडान गर्न प्रयोग गरिएको तार र हुक समेत बरामद् भएको छ । पानी तान्ने मोटरबाट विद्युत जडान गरिने गरेको पाईएको छ ।
हात्ती मरेपछि स्थानीय सयौं सर्वसाधारण समेत मृत हात्ती हेर्न भिड लागेको थियो । केहिले मृत हात्तीको पुजा समेत गरेका थिए ।

घटनापछि पर्सा राष्ट्रिय निकुञ्जबाट सहायक संरक्षण अधिकृत सन्तोष भगत प्राविधिक सहित पुगेका थिए । प्राविधिक टोलीले हात्तीको पोष्टमार्टन गरेपछि सोहि स्थानमा खाल्डो खनेर अन्त्यष्टि गरिएको थियो ।

घटनास्थलमा पुगेका कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरी र वडा नं. २ का वडा अध्यक्ष गोपाल प्रसाद अधिकारीले जंगली जनावरको ज्यान जानु दुखद्ु घटना भएको बताउँदै आगामी दिनमा सचेतनामूूलक कार्यक्रम गरिने बताए ।

निकुञ्जका सहायक संरक्षण अधिकृत भगतले मानविय गल्तीको कारण हात्तीले ज्यान गुमाउनु परेको बताए ।

त्यस्तै डिभिजन वन कार्यालय बाराका प्रमुख वन अधिकृत राजिव झाले वन क्षेत्र अतिक्रमण गरेर खेती भईरहेको क्षेत्रमा हात्ती प्रवेश गरेर बाली खान आउने क्रममा तारमा करेन्ट प्रवाह गरेको कारण हात्ती मरेको भन्दै त्यस कार्यमा संलग्नलाई पक्राउ गरि अनुसन्धान गरिने बताए ।

हेर्नुस् भिडियो :

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630