पहिरो खस्दा तनहुँको जामुने–खैरेनी सडक अवरुद्ध
वि.सं.२०७९ असार २५ शनिवार ०८:४८
1.1K
shares

काठमाडौं । केही दिनदेखि निरन्तर परेको अविरल बर्षाका कारण आज बिहान पहिरो खस्दा पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा जामुने–खैरेनी सडक अवरुद्ध भएको छ ।
पहिरो खसेपछि पृथ्वी राजमार्गको सडकखण्ड अवरुद्ध भएको हो ।सडकभन्दा माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको छ ।
वि.सं.२०७९ असार २५ शनिवार ०८:४८
















