सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रशंशा गर्न लायकः माधव नेपाल
वि.सं.२०८० जेठ ६ शनिवार १३:१६

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम जनताको समस्या समाधान गर्ने गरी आएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।आज जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रशंशा गर्न लायक भएको बताएका छन् । ‘सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ’ नेपालले भने ।
अध्यक्ष नेपालले मधेस सरकारको नेतृत्व तत्काल परिवर्तन गर्ने पक्षमा सत्तारुढ गठबन्न नरहेको जनाएका छन् । ‘मधेस सरकारको अहिले नेतृत्व परिवर्तन गर्ने पक्षमा सत्तारुढ गठबन्न छैन, यही सरकारमा अन्य दललाई पनि समावेश गर्ने गरी अघि बढछौं’ उनले भने ।
उनले रेशम चौधरीलाई जेलबाट रिहा गर्नका लागि पहलकदमी भईरहेको पनि जनाएका छन् । ‘सर्वोच्च अदालतको फैसालाले रेशम चौधरीको रिहाईका लागि केही अबरोध गरेको छ तर अर्को बिकल्प खोजी गरी रिहा गर्ने कोशिशमा हामी रहेका छौ ।’
वि.सं.२०८० जेठ ६ शनिवार १३:१६















