skip this

भुकम्प प्रभावित क्षेत्रका लागि उड्यो प्रधानमन्त्रीको टोली, मन्त्री बस्नेत र पूर्व मन्त्री शर्मा सहभागि

1.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–भुकम्प प्रभावित जाजरकोट लगायतका जिल्लाहरुमा खोज, उद्धार र राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको टोली बोकेर जाहाज उडेको छ ।

टोलीमा उर्जा, जलश्रोत तथा सिचाइमन्त्री शक्ति बहादुर बस्नेत र पुर्वअर्थमन्त्री जनार्दन शर्मासहितको टोली उद्धार, स्वास्थ्य टोली र सामाग्रीसहित जाजरकोटको लागि प्रस्थान गरेका हुन् ।

सुर्खेत र काठमाडौबाट हेलिकप्टर र स्काई ट्रक तथा नेपाल एयरलाइन्सको जहाज स्वास्थ्यकर्मी र सामाग्रीसहित प्रभावित क्षेत्रमा प्रस्थान गर्ने तयारी भईरहेको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी गराएका छन् ।

nijgadh-supermart-adz1200-630