दुई साता पर सर्यो प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता, अब ६ माघमा हुने

वि.सं.२०८० पुस १९ बिहीवार १४:२९
1.46K
shares

बारा–बाराको निजगढमा २१ पुसमा हुन लागेको प्रथम खुला प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता दुई साता पर सरेको छ ।
बारा जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा निजगढ–८ स्थित तेक्वान्दो हलमा हुने तय भएको प्रतियोगिता प्राविधिक कारणले दुई साता पर सारिएको हो ।
जिल्ला अध्यक्ष चित्रबहादुर लामा नन्दुका अनुसार खेलाडीको परीक्षा र राष्ट्रपति रनिङशील छनौंट प्रतियोगिता जस्ता प्राविधिक कारणले निर्धारित समयमा प्रतियोगिता सञ्चालन नहुने जानकारी गराईएको छ ।
प्रतियोगिता अब माघ ६ गतेबाट सञ्चालन हुनेछ । निजगढ नगरपालिका वडा नंं ८ को कार्यालय र निजगढ रिर्सोटको प्रायोजनामा प्रतियोगिता सञ्चालन हुने छ ।

वि.सं.२०८० पुस १९ बिहीवार १४:२९