निजगढ नगरपालिका–९ का वडा कार्यालयद्धारा निजगढ फूटबल क्लबलाई खेल सामग्री प्रदान

वि.सं.२०८१ फागुन १२ सोमवार १८:३१

निजगढ–निजगढ नगरपालिका–९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले निजगढ फूटबल क्लबलाई जर्सी, बुट, पञ्जालगायतका खेलकूद सामग्री प्रदान गरेका छन् ।
सो अवसरमा उनले राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद भन्ने नारालाई मनन् गर्दै विगतका वर्षदेखि वडा कार्यालयले खेलकूद क्षेत्रको विकासमा पनि योगदान गर्दै आएको बताए ।
सीमित बजेटको बावजूद फूटबल खेलाडीलाई प्रोत्साहनस्वरूप आवश्यक खेलकूद सामग्री वितरण गरिएको जनाउँदै यस कार्यलाई निरन्तरता दिइने वडा सदस्यहरू चित्रप्रसाद चौलागाई, बबिता श्रेष्ठ, इन्द्रकुमारी सुनुवारले बताए ।
क्लबका अध्यक्ष शम्भु थापाले शहीद हीरालाल रङ्गशालामा खेल्दै आएका खेलाडीहरूका लागि विगतका वर्षदेखि निरन्तर वडा कार्यालयले गर्दै आइरहेको सहयोगको प्रशंसा गरे ।
कार्यक्रममा पूर्ववडासदस्य जगतबहादुर न्यौपाने, फूटबल प्रशिक्षक सन्तोष गुरुङ, निर्दिप जोशीलगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन नवराज चौलागाईले गरेका थिए ।

वि.सं.२०८१ फागुन १२ सोमवार १८:३१